नियम १७
जनताको सहभागिता र स्वामित्व

१७. जनताको सहभागिता र स्वामित्व

(१) ऐनको दफा २८ को उपदफा (२) बमोजिम परियोजना वा आयोजनामा जनताको प्रत्यक्ष सहभागिता र स्वामित्व सम्बन्धी व्यवस्था कायम गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–

(क) परियोजना वा आयोजनाको छनौट गर्दा जनताको माग र आवश्यकताको आधारमा गर्ने,
(ख) परियोजना वा आयोजनाको सञ्चालन उपभोक्ता समिति मार्फत गर्ने व्यवस्था मिलाउने,
(ग) परियोजना वा आयोजनामा उपभोक्ताको लगानी हुने व्यवस्था मिलाउने,
(घ) परियोजना वा आयोजनाको कार्यान्वयन, अनुगमन तथा मूल्याड्ढनमा जनसहभागिता सुनिश्चित हुने व्यवस्था मिलाउने ।
(२) उपनियम (१) मा उल्लिखित सहभागिता र स्वामित्व सम्बन्धी व्यवस्थामध्ये सबै वा कुनै व्यवस्था मिलाउने गरी नेपाल सरकारले तोक्न सक्नेछ ।